+
+
Shares

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १७:०७

१९ असोज, नाडी (फिजी) (रासस/एएफपी)।  जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिएका छन्। फिजीको नाडीमा आयोजना हुने ‘प्रि–कोप’ शिखर सम्मेलनमा उनले अत्यधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्मतौल र मातृ स्वास्थ्यसम्बन्धी जटिलता बढिरहेको जानकारी दिनेछन्।

पाँच महाद्वीपका स्वास्थ्यकर्मीमाझ गरिएको नयाँ सर्वेक्षण उद्धृत गर्दै स्टिलले पछिल्ला पाँच वर्षमा दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीले अत्यधिक गर्मीका कारण गर्भवती र नवजात शिशुमा जटिलता विवरण उनले प्रस्तुत गर्नेछन्।

वेलकम फाउन्डेसनले बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बाब्वेका एक हजार प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सकमाझ गरेको सर्वेक्षणमा लगभग सबैले गर्मीबाट प्रभावित आमा वा शिशुको उपचार गरेको बताएका छन् ।

फाउन्डेसनकी अध्यक्ष तथा अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले जलवायु परिवर्तनका कारण आमा र बच्चा बढ्दो जोखिममा रहेको बताइन्। उनले अत्यधिक गर्मीलाई ‘अदृश्य हत्यारा’ भन्दै आवश्यक प्रमाण र समाधान रहेकाले नेताहरूले तत्काल कदम चाल्नुपर्ने बताइन्।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसम र तापक्रमका नयाँ कीर्तिमान बढिरहेको चेतावनी दिएका छन् । एएफपीका अनुसार यस वर्ष पश्चिमी युरोपदेखि साहेल र मध्य अमेरिकासम्मका करिब ३३ देशमा जुलाईको तापक्रम रेकर्ड सुरु भएयताकै उच्च बनेको थियो ।

फिजीमा भइरहेको प्रि–कोप ३१ तथा टुभालुको बैठकलाई प्रशान्त नेताहरूले जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका समुदायका समस्या विश्वसामु उठाउने अवसरका रूपमा लिएका छन् । यी बैठक अर्को महिना टर्कीमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ को तयारीका रूपमा आयोजना भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?