+
+
Shares

चिरिच्याट्ट परेर मास्क लगाएकी को हुन् उनी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १७:४३

आँखा हेरेर उनको पहिचान गर्न सक्नुहुन्छ ? यदि तपाईं खाँटी प्रशंसक हुनुहुन्छ भने सहजै भनिदिनुहुन्छ, ‘रचना रिमाल ।’

भिडभाडमा उनले आफूलाई लुकाउन हो वा सहरको धूवाँधुलोबाट जोगिन, मास्क लगाएकी छिन् । त्यसो त मास्क लगाउनु कुनै अनौठो कुरा होइन । यो सहरी जीवनमा अनिवार्यजस्तै भइसकेको छ । त्यो काठमाडौंजस्तो ठूलो सहरमा ।

अर्को कुरा, सेलिब्रेटी भएपछि केही गोपनीयता पनि अपनाउनैपर्ने हुन्छ । सार्वजनिक ठाउँमा हिँड्दा सबैले चिन्लान् । कतिले बोलाउलान् । त्यसै त दसैंको चटारो, त्यसमाथि फ्यानसँग बात मार्न र फोटो खिच्न थालियो भने के होला ?

सायद उनी हतारोमै होलान् । किनभने दसैंले छोपिसक्यो । दसैंको किनमेल गर्नैपर्‍यो । उनले क्याप्सनमै लेखेकी छिन्, ‘दसैं लागे जस्तो छ है ।’

उनको पृष्ठभूमिको भिडभाडले पनि त्यही संकेत गर्छ । त्यहाँ सबैलाई हतारो भएजस्तो देखिन्छ । रचनाको यो पोस्टमा उनका प्रशंसकले रमाइला–रमाइला कमेन्ट गरेका छन् । एकजनाले लेख्छन्, ‘दसैं कि कोरोना, रचु ?’ अर्का लेख्छन्, ‘मेरो क्यूआर पठाइदिन्छु, मलाई पनि सपिङ गर्ने रुपैयाँ हालिदेऊ न ।’

धेरैले उनलाई मायापूर्वक ‘रचु’ भनी सम्बोधन गर्छन् ।

भनिहालौँ, पछिल्लो समय उनी कन्सर्ट र रेकर्डिङले बेफुर्सदिली छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?