+
+
Shares

युवा नेता सुशील भट्ट कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

युवा नेता सुशील भट्टले नेपाली कांग्रेसको ३५ वर्षमूनिको युवा समूहबाट खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १८:४९

१९ असोज, काठमाडौँ । युवा नेता सुशील भट्टले नेपाली कांग्रेसको ३५ वर्षमूनिको युवा समूहबाट खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि चयन भएका भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

भट्टले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

आफ्नो उम्मेदवारीबारे उनले आफूलाई कांग्रेसका इमानदार कार्यकर्ताको विश्वास, परिवर्तन चाहने युवाको आवाज तथा अग्रज पुस्ताको अनुभव र मार्गदर्शन रहेको उल्लेख गरेका छन् । उनले सिंगो कांग्रेसलाई आफ्नो टिमका रूपमा लिएको बताएका छन् ।

भट्टले आफूलाई कांग्रेसको ‘जरासँग’ तुलना गर्दै पार्टीलाई बलियो बनाउन आफूले माटोमुनि बसेर काम गर्ने बताएका छन् ।’म जरा नै रहिरहूँ, कांग्रेसको रुख अझ बलियो बनोस्,’उनले भनेका छन् ।

उनले आफ्नो उम्मेदवारी कुनै एक पुस्ताको मात्र नभएको बताएका छन् । ‘बा’देखि युवासम्म र दाइदेखि एआईसम्मलाई जोड्ने डिभाइस बन्न चाहेको उल्लेख गर्दै उनले परम्पराको सम्मान गर्दै परिवर्तनको बाटो रोज्ने अभियान आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

‘अब कांग्रेसलाई केवल इतिहास सम्झिने होइन, इतिहास बनाउने पुस्तासँगै अघि बढाउने समय हो,’भट्टले भनेका छन् ।

उनले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिको माया, विश्वास, साथ र शुभेच्छाले अनुमोदन गरिदिन अपिल गरेका छन् ।

उनले नेविसंघको जहाँ स्कुल त्यहाँ नेविसंघ-२०६५ अभियानमा पनि काम गरेका थिए। त्यस्तै उनी ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेविसंघ इकाइको पूर्वसभापति पनि हुन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ को २०६७ को क्षेत्रीय सदस्य, २०७३ सालमा नेविसंघको निर्वाचित केन्द्रीय सदस्य, कांग्रेसको १४औं महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य, परिवर्तन अभियानको संस्थापक अध्यक्ष पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?