+
+
Shares

अमेरिकाले भन्यो– हुथी आक्रमणविरुद्ध साउदी अरबलाई आत्मरक्षा गर्ने अधिकार छ

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई आत्मरक्षा गर्ने अधिकार रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते २०:५९

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई आत्मरक्षा गर्ने अधिकार रहेको बताएका छन् ।

मेरील्यान्डस्थित संयुक्त सैन्य आधार एर्न्ड्युजमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले यस्तो बताएका हुन् ।

‘स्पष्ट रूपमा साउदीहरू हुथीको आक्रमणमा परेका छन्, र उनीहरूलाई आफ्नो रक्षा गर्ने अधिकार छ,’ रुबियोले भने ।

उनले साउदी अरब वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकार दुवै उक्त क्षेत्रमा हुथीको नियन्त्रणको पक्षमा नरहेको बताए ।

रुबियोले अमेरिकाको साउदी अरबसँग बाध्यकारी सुरक्षा सम्झौता रहेको र उक्त सम्झौता पालना गर्ने आफ्नो प्रतिबद्धता रहेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?