+
+
Shares

डिज्नीका लियोनेल मेस्सी : सोचेभन्दा बिल्कुलै फरक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ११:५९

सर्वकालीन सर्वोत्कृष्ट फुटबलरबाट प्रेरित भएर कला सिर्जना हुनु स्वाभाविक नै हो । विश्वभर मेस्सीको आफ्नै फन्ट, चित्र र विभिन्न कलात्मक शैलीका सालिकहरू उपलब्ध छन् । अब डिज्नीले लियोनेल मेस्सीमा आधारित कार्टुन सार्वजनिक गर्ने भएको छ । यो कार्टुनले अर्जेन्टिनी फुटबलरलाई पूर्णरूपमा काल्पनिक दुनियाँमा पुर्‍याउने बताइएको छ ।

नामबाटै अनुमान लगाउन सकिएजस्तै मेस्सी एन्ड द जायन्ट्स साना मेस्सीको रोसारियोदेखि बार्सिलोनासम्मको यात्रा, ग्रोथ हर्मोनको उपचार, ला लिगा र विश्वकप जितसम्मको बायोपिक कथा होइन ।

यद्यपि, भर्खरै सार्वजनिक ट्रेलरमा देखाइएको आरपीजी कथा यति धेरै काल्पनिक होला भनेर कसैले सोचेका थिएनन् ।

सन् २०२७ को समरमा डिज्नी प्लसमा विश्वभर स्ट्रिम हुने यो सिरिजमा मेस्सीको नाम, उनको केही रूप र बल हान्ने क्षमताबाहेक वास्तविक मेस्सीसँग खासै समानता देखिँदैन ।

कथा अनुसार १२ वर्षका लियो राक्षसहरूको शासन रहेको एक फरक काल्पनिक संसारमा फस्छन् । घर फर्कनका लागि उनले शक्तिशाली जादुई गोलाको प्रयोग गर्दै फुटबलजस्तै लडाइँहरूमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । साथै उनले आइको नामक विभाजित राज्यहरूलाई पुनः एकजुट गराउने प्रयास पनि गर्नुपर्छ ।

यी प्रतिस्पर्धामा अन्य प्रतिद्वन्द्वीहरूजस्तै लियोले त्यस संसारको कोड पावर प्रयोग गर्न पाउँदैनन् । त्यसको सट्टा उनले आफ्नो व्यक्तिगत सीप, टिमवर्क र संघर्षमा नै भर पर्नुपर्छ । यस हिसाबले यो सिरिज मानव विरुद्ध एआईको कथाजस्तो पनि देखिन्छ ।

डिज्नीले डिसेम्बर २०२४ मा नै यो एनिमेटेड सिरिजको वितरण अधिकार खरिद गरेको घोषणा गरेको थियो । सोनीका अधिकारीहरूसँगै स्वयं मेस्सी र उनका स्वर्गीय बुबा यस सिरिजका एक्ज्युकेटिभ प्रोड्युसरको रूपमा सूचीबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?