+
+
Shares

विराटनगरमा २५ असोजदेखि सडक महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १३:२८

२० असाेज, विराटनगर । दशैंको अवसरमा विराटनगरमा सडक महाेत्सव आयाेजना गरिने भएकाे छ ।

विराटनगरकाे हिमालय रोडमा २५ असाेजदेखि ‘छैटौं विराट सडक महोत्सव २०८३’ आयोजना हुने भएकाे हाे । मन्जिना मुभी क्रिएसन प्रालिले आयोजना गर्ने महाेत्सव ३० असाेजसम्म सञ्चालन हुनेछ ।

महाेत्सवमा स्थानीय पर्यटन, कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने आयोजनाले जनाएकाे छ ।

६ दिनसम्म सञ्चालन हुने महोत्सव प्रत्येक दिन दिउँसो २ बजेदेखि राति ९ बजेसम्म चल्नेछ । महोत्सवमा ३० वटा स्टल रहने मन्जिना मुभी क्रिएसन प्रालिका सञ्चालक जतिन ताम्रकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?