+
+
Shares

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा बाइ वान गेट वानसहित विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १७:५८

२० असोज, काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा बाइ वान गेट वान अफरसहित विशेष छुट पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकले विभिन्न स्पा तथा सौन्दर्य सेवामा छुट तथा विशेष सुविधा पाउने भएका हुन्।

साझेदारीअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड योजना खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा बाइ वान गेट वान अफर पाउनेछन्। अर्थात् एक जनाको मूल्यमा दुई जनाले सेवा लिन सक्नेछन्।

त्यसैगरी, एक्लै सेवा लिने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र सौन्दर्य सेवामा २० प्रतिशत छुट पाउनेछन्। ९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा योजना लिने ग्राहकले पनि विशेष छुट पाउनेछन्। युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत एकमुष्ट छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट पाउनेछन्।

साझेदारीसम्बन्धी सम्झौता एनसेलका उत्पादन निर्देशक ललित शारडा र ट्रान्क्विलिटी स्पाका प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले हालै एक कार्यक्रमबीच आदानप्रदान गरेका थिए।

अफरको लाभ लिन ग्राहकले एनसेल एप खोलेर ‘पार्टनर्ड सर्भिसेस’मा गई ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक आउटलेटमा अफर प्रयोग गर्न सक्नेछन्। एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा योजनाका आधारमा निर्धारण हुनेछ। योग्य नभएका ग्राहकले सम्बन्धित प्याक वा योजना खरिद गरी अफरको लाभ लिन सक्ने एनसेलले जनाएको छ।

साझेदारीबारे एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्ने कम्पनीको लक्ष्य रहेको बताए।

‘वेलनेस अनुभवलाई एनसेलको पर्यावरणमा ल्याएर ग्राहकका लागि लाभलाई थप सान्दर्भिक र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘यो साझेदारीले ग्राहक संलग्नता बढाउने र एनसेललाई ग्राहकको जीवनको अभिन्न अंग बनाउने हाम्रो प्रतिबद्धता प्रतिबिम्बित गर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?