+
+
Shares

न्यायाधीश सिफारिसमा परिषद् सदस्य महेश नेपालको पनि फरक मत

नेपालले अनलाइनखबरसँग भने, ‘मैले सिफारिसको क्रमसंख्या १ र २ मा होइन कि ३ र ४ को हकमा मात्रै हामी अलि तल गयौं कि भनेर फरक मत राखेको हुँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १८:४७

२० असोज, काठमाडौं । न्याय परिषद् सदस्य महेश नेपालले पनि सर्वोच्च अदालतका न्यायाधीश सिफारिसमा लिखित विमति राखेको खुलेको छ । परिषद् सदस्य नेपालले अनलाइनखबरसँगको प्रतिक्रियामा आफूले सिफारिसमा फरक मत राखेको बताए ।

‘मेरो राय सपना श्रीमान् (सपना प्रधान मल्ल)को भन्दा केही फरक छ,’ सदस्य नेपालले अनलाइनखबरसँग भने, ‘मैले सिफारिसको क्रमसंख्या १ र २ मा होइन कि ३ र ४ को हकमा मात्रै हामी अलि तल गयौं कि भनेर फरक मत राखेको हुँ ।’

परिषद् सदस्य नेपालले रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुको हकमा फरक मत नराखेको बताए । त्यसको साटो जनक पाण्डे र गोकर्ण डाँगीको हकमा विमति राखेको उनले बताए ।

वरिष्ठ अधिवक्ता नेपाल प्रधानमन्त्रीको सिफारिसमा न्यायपरिषद् सदस्य भएका हुन् । उनी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको सिफारिसपछि परिषद्को सदस्यको रुपमा कार्यरत छन् ।

त्यही बैठकमा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पनि फरक मत राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?