+
+
Shares

प्रयोगशालामा ‘न्युमोनिक प्लेग’को आशङ्कापछि रुसलाई सहयोग गर्ने ट्रम्पको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ९:५५

२१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्।

यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग पुर्‍याउनेछौं।’

एन्टिमाइक्रोबियल प्रतिरोधतर्फ सङ्केत गर्दै ट्रम्पले विगतमा यस्ता रोगहरू नियन्त्रण गर्न सजिलो भए पनि अहिले सूक्ष्मजीव र किटाणुहरू अझ बलियो हुँदै गएको टिप्पणी गरे। यद्यपि, स्वास्थ्य विज्ञहरूका अनुसार सुरुवाती चरणमा पहिचान भएमा न्युमोनिक प्लेग एन्टिबायोटिकको प्रयोगबाट निको हुन सक्छ।

इर्कुत्स्कस्थित ‘रिसर्च एन्टि-प्लेग इन्स्टिच्युट अफ साइबेरिया’ मा कार्यरत २८ वर्षीया प्रयोगशाला प्राविधिक दार्या सिपिलोभाको रहस्यमयी मृत्युपछि यो त्रास फैलिएको हो।

सेप्टेम्बर २५ मा प्रयोगशालामा काम गर्ने क्रममा ‘यर्सिनिया पेस्टिस’ नामक प्लेगको जीवाणु रहेको टेस्ट ट्युब फुटेर उनी सङ्क्रमित भएको स्थानीय तथा स्वतन्त्र मिडियाहरूले जनाएका छन्। उनी सेप्टेम्बर २९ मा अस्पताल भर्ना भएकी थिइन् र अक्टोबर २ मा उनको मृत्यु भएको हो ।

रुसी जनस्वास्थ्य निकाय ‘रोस्पोट्रेब्नाडजोर’ले भने सिपिलोभाको मृत्यु ‘अज्ञात कारणको न्युमोनिया’ (न्युमोनिया अफ अननोन इटियोलोजी) ले भएको दाबी गरेको छ। परीक्षण गर्दा उनको मृत्युमा प्रयोगशालाको जीवाणुसँग कुनै सम्बन्ध नदेखिएको र इन्स्टिच्युटमा कुनै दुर्घटना नभएको रुसी पक्षको भनाइ छ।

सतर्कता अपनाउँदै स्थानीय प्रशासनले अस्पतालका निश्चित विभागहरू बन्द गर्नुका साथै सिपिलोभाको सम्पर्कमा आएका करिब १९७ जनालाई चिकित्सकीय निगरानी र क्वारेन्टिनमा राखेको छ। हालसम्म अन्य कसैमा पनि सङ्क्रमणको लक्षण नदेखिएको अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?