+
+
Shares

नयाँको जाँगर र पुरानाको अनुभव मिलाएर पार्टीलाई थप सशक्त बनाउनुपर्ने छ : पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १४:५२

२१ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्ने बताएका छन् ।

नेपाल तरूण दलले आउो्जना गरेको कार्यक्रममा उनले नयाँ पुस्ताको जोश–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरी पार्टीलाई थप सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने बनाउनुपर्ने बताएका हुन् ।

पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै उनले पार्टीभित्र सबै पक्षलाई समेटेर काँग्रेसलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिए ।

‘अहिले हामीले पार्टीलाई नयाँ पुस्ताको जोश–जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी दिनको चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

उनले आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा काम गर्दै आएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई सहयोग गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?