+
+
Shares

राजनीतिक व्यवस्था जोगाउन कांग्रेसका युवाहरू एकताबद्ध हुनुपर्छ : महेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १५:२८

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन युवाहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरू आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् ।

अहिलेको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको बताउँदै उनले पार्टी, संविधान र व्यवस्थाको संरक्षणका लागि कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताए ।

वर्तमान सरकारले संविधान र व्यवस्थालाई उल्टाउन सक्ने उनको आरोप छ ।

‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र जोगाउन, संविधान जोगाउन भोलि हुन सक्छ तपाईं–हामीले आन्दोलन गर्नुपर्ने हुन्छ, जेल जानुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि पनि तयार हुनुस्, यो सरकार सन्काहा सरकार हो । जतिबेला जे पनि संविधान मास्न सक्छ, व्यवस्था मास्न सक्छ । त्यसका लागि सजग भएर तरुण दल बस्नुपर्छ ।’

उनले तरुण दलको संगठनभित्र एकता कायम राख्न आग्रह गर्दै पार्टी र संविधान संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?