२१ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको भ्यानले पैदलयात्रामा रहेका गुप्तालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते भएकी गुप्ताको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त दुर्घटनापछि भ्यानका चालक सिन्धुली कमलामाई नगरपालिका–२ का ६० वर्षीय रामकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4