+
+
Shares

साँखु जाँदै गरेको बसको ढोकाबाट लडेर एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १८:०९

२१ असोज, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित सडकमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, इन्द्रेणीबाट साँखुतर्फ जाँदै गरेको बा ४ ख ४४४५ नम्बरको बसमा सवारी सिन्धुपाल्चोक घर भएकी ३४ वर्षीया सानुमाया दोङको निधन भएको हो ।

बसको ढोकाबाट खसेर घाइते भएकी उनलाई उपचारका लागि शंखरापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा दिउँसो ३ बजेर ५० मिनेटमा निधन भएको प्रहरीले जनाएको छ ।

बसका चालक ललितपुर महांकाल–२ बस्ने दिपक मोक्तानलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?