+
+
Shares

मोदीले मनाउँदै सार्वजनिक जीवनको २५ औं वर्षगाँठ, बालेन र रविले दिए शुभकामना

मोदीले सार्वजनिक सेवा यात्राको २५ औं वर्षगाँठ मनाइरहँदा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) र सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले शुभकामना दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १८:४०

२१ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवन यात्रा आफ्नो २५ वर्ष पूरा भएको वर्षगाँठ मनाउँदैछन् ।

गुजरातको मुख्यमन्त्रीदेखि भारतको प्रधानमन्त्रीसम्म भएको अवधिलाई उनले आफ्नो सार्वजनिक जीवन यात्रा भनेर परिभाषित गरेका छन् । मोदीले सन् २००१ को अक्टोबर ७ मा पहिलो पटक गुजरातको मुख्यमन्त्रीको शपथ लिएका थिए । त्यसैअनुसार बुधबार उनले सार्वजनिक जीवनको २५ औं वर्षगाँठ मनाइरहेका छन् ।

मोदी सन् २००१ देखि दुई कार्यकाल गुजरातको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २०१४ देखि लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेर अहिले तेस्रो कार्यकालमा छन् ।

मोदीले सार्वजनिक सेवा यात्राको २५ औं वर्षगाँठ मनाइरहँदा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) र सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले शुभकामना दिएका छन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको यात्रा पूरा गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना,’ प्रधानमन्त्री बालेनले एक्समार्फत भनेका छन्, ‘आगामी दिनमा पनि प्रधानमन्त्री मोदी र उहाँको सरकारलाई निरन्तर सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दछौँ ।’

यस्तै रास्वपा सभापति रविले पनि एक्समार्फत नै शुभकामना दिएका छन् । ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको उल्लेखनीय यात्राका लागि हार्दिक बधाई तथा शुभकामना,’ रविले अगाडि भनेका छन्, ‘तपाईंको दूरदर्शी नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको छ ।’

उनले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी र मेरो व्यक्तिगत तर्फबाट, दुवै राष्ट्रका लागि यो साझेदारीलाई अझ सुदृढ र समृद्ध बनाउन आगामी दिनमा सहकार्य गर्न हामी उत्सुक छौँ,’ सभापति रविले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?