२१ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले फरक आस्था र विचार राख्ने दल र समूहप्रति घृणाजन्य अभिव्यक्ति नदिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उनको मन्त्रिपरिषदका मन्त्रीहरूको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
तीनकुने घटनामाथि छानविन गरेको आयोगले तत्कालीन सरकार प्रमुख ओली र मन्त्रीहरूले फरक आस्था र विचार राख्ने दल र समूहप्रति घृणाजन्य अभिव्यक्ति दिएको निष्कर्ष निकालेको हो ।
अनुगमनका क्रममा विभिन्न सञ्चारमाध्यममा उनीहरूको अभिव्यक्ति प्रकाशित र प्रसारित भएको भन्दै आयोगले त्यस्ता कामले नकारात्मक प्रभाव पार्ने जोखिम औंल्याएको हो ।
आयोगले विवादास्पद अभिव्यक्ति दिने मन्त्रीहरुको नाम भने खुलाएको छैन ।
प्रतिक्रिया 4