+
+
Shares

पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १९:१३

२१ असोज, काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक कार्यविधि सर्वसम्मतिले पारित गरेको हो ।

समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले समय सिमित भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु चुनौतिपूर्ण रहेको बताए ।

उपसमितिको बैठक बुधबार पहिलो पटक बसेको र अब दशैँपछि मात्रै बस्ने जानकारी पनि उनले दिए ।

‘उपसमितिको आज पहिलो बैठक बसेको हो । बैठकले १९ बुँदे कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गरी सबै सदस्यले हस्ताक्षर गरेका छन् । विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको छ । आगामी बैठक दशैँपछि बस्ने निर्णय भएको छ,’ झाले भने ।

विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको उनको भनाइ छ । प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीबीच अध्ययन गरिने उनको भनाइ छ ।

‘उपसमितिको कार्यअवधि दुई महिना अर्थात मंसिर २० गतेसम्म रहेको छ । प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिनेछ । कुनैपनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न पाइनेछैन,’ उनले भने, ‘अब मुख्य चुनौती कार्यविधि होइन, चाडपर्वका कारण हुने लामो बिदा र सदस्यहरूको जिल्ला भ्रमण हो । समय सिमित भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु हाम्रो चुनौती हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?