+
+
Shares

४६ लाख रुपैयाँ बराबरका अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ जान लागेका उनीसँग विमानस्थल सुरक्षा चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १९:४३

२१ असोज, काठमाडौं । ४६ लाख ३७ हजार रुपैयाँ भन्दा बढीका अवैध मुद्रासहित प्रहरीले एक चिनियाँ नागरिक पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चिनियाँ नागरिक सुओलाङ रहेको प्रहरीले जनाएको छ ।

मंगलबार राति सवा ८ बजे क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ जान लागेका उनीसँग विमानस्थल सुरक्षा चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएको प्रहरीले जनाएको छ ।

उनीसँग ११ लाख ८६ हजार नेपाली रुपैयाँ, ५१ हजार ७१० चिनियाँ युआन (११ लाख ८९ हजार ६१६ रुपैयाँ), ५ हजार ९६५ अमेरिकी डलर(९ लाख १८ हजार ४९१ रुपैयाँ), ४९ हजार ९९० हङकङ डलर(९ लाख ८० हजार ८०४ रुपैयाँ), दुई हजार ६० यूरो(तीन लाख ५६ हजार ७४० रुपैयाँ) र ५० अस्ट्रेलियन डलर(५ हजार ३६६ रुपैयाँ) बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?