+
+
Shares

दिल्लीमा बहुतले भवन ढल्यो, ७ जना पुरिएको आशंका

प्रत्यक्षदर्शीका अनुसार अझै ६ देखि ७ जना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १९:५१

दिल्लीको सीमापुरी क्षेत्रमा बुधबार एउटा बहुतले भवन भत्किएको छ । घटनापछि उद्धार तथा राहत कार्य जारी छ । प्रत्यक्षदर्शीका अनुसार अझै ६ देखि ७ जना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

बीबीसी हिन्दीसँग आम आदमी पार्टीका विधायक वीरसिंह धिंगानले आफूलाई करिब साढे ३ बजे सीमापुरीबाट भवन भत्किएको जानकारी आएको बताएका छन् ।

उनका अनुसार भग्नावशेषबाट ६ देखि ७ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार तथा राहत कार्य अझै जारी रहेको र हालसम्म कसैको मृत्यु भएको पुष्टि नभएको उनले बताएका छन् ।

उनका अनुसार उक्त भवन करिब पाँचदेखि छ तले थियो । करिब २५ गजको जमिनमा बनेको उक्त भवन एक–दुई वर्ष पुरानो रहेको बताइएको छ । भवनमा एउटा मुस्लिम परिवार बस्दै आएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?