२१ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।
उनीहरूले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरणमा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिइएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ३३ हजार ७०५ रुपैयाँसमेत नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4