२२ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ । बैठक आज बिहान ८ बस्ने गरी बोलाइएको थियो ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै आज बस्ने भनिएको बैठक शनिबार बिहान ८ बजे बस्ने छ ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार सरकारको आग्रहमा शनिबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
प्रदेश सरकारले बुधबार साँझ ५ बजे बस्ने सभाको बैठकमा चालु आर्थिक वर्षको बजेट पेश गर्ने तयारी गरेको थियो तर तयारी नपुगेको भन्दै बिहीबार बिहानसम्मका लागि बैठक सारिएको थियो ।
मन्त्रालयगत बजेट प्रणालीमा भौतिक पूर्वाधार विकास मन्त्रालयका योजना इन्ट्री नभएको कारण देखाइएको थियो ।
तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेटको विषयमा परेको रिटमा सर्वोच्चले बुधबार नै सरकारलाई छलफलमा बोलाउन आदेश दिएको छ । रिट निवेदक र सरकारलाई सर्वोच्चलले छलफलका लागि बोलाएको छ भने सरकारका नाममा कारण देखाउ आदेश जारी गरिएको छ ।
सरकारको आन्तरिक किचलोका कारण बजेट ल्याउन ढिलाइ भइरहेको दाबी स्रोतको छ । तत्कालीन सरकारले ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि सुुदूरपश्चिम बजेट विहीनताको अवस्थामा छ ।
प्रतिक्रिया 4