+
+
Shares

युवाको आशा र पाकाको भरोसा बोक्नसक्ने कांग्रेस बनाउन सहमहामन्त्रीमा मेरो उम्मेदवारी : बस्नेत

सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि बनेर निर्वाचनमा होमिएका बस्नेत पार्टीमा नयाँ र पुरानालाई मिलाएर अघि बढाउनका आफूले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १०:२४

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ ।

जस अन्तर्गत १९ जना पदाधिकारीका लागि ५५ जना भन्दा बढी उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । दुई जना निर्विरोध निर्वाचित भइसकेका छन् भने सभापतिसहितका बाँकी पदमा आज निर्वाचन हुन लागेको हो ।

यसैबीच सहमहामन्त्री पदका लागि खस आर्य समूह तर्फबाट शुभराम बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि बनेर निर्वाचनमा होमिएका बस्नेत पार्टीमा नयाँ र पुरानालाई मिलाएर अघि बढाउनका आफूले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बताउँछन् ।

सहमहामन्त्रीमा खस आर्यतर्फ बस्नेतसहित ४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये आफू विद्यार्थी राजनीतिको जराबाट खारिँदै आएके उनको भनाइ छ ।

‘युवाको जोश जाँगर र पाका नेताहरूको अनुभव दुवैलाई समेटेर अघि बढाउने प्रयत्न गर्नसक्ने नेता बन्न चाहन्छु,’ उनले भने, ‘यो महाधिवेशनपछि कांग्रेसभित्र देखिएका मनमुटावलाई सौहार्दपूर्ण ढङ्गले समाधान गर्ने, हाम्रो विगतको परम्परालाई कायम गर्दै शीर्ष नेताको सम्मान, दिगो नेतृत्वको साथ र नवयुवा साथीहरूप्रति भरोसा जगाउनु नै मेरो मूल उद्देश्य हुनेछ ।’

बस्नेत काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति समेत हुन् ।

उनी २०६५ सालमा शंकरदेव क्याम्पसबाट स्ववियु सभापति बनेका थिए ।

त्यसयता सक्रिय राजनीतिमा लागेका उनी यो पटकको महाधिवेशनलाई ऐतिहासिक बनाउनुपर्नेमा जोड दिन्छ ।

‘विशेषगरी पूर्वको जिल्ला सोलुखुम्बुबाट पार्टीलाई बलियो बनाउन भूमिका खेल्नेछु,’ उनले भने, ‘बाल्यकालदेखि नै लोकतन्त्र, संगठन र जनताको आवाजसँग जोडिएको यात्रा हो ।’

स्ववियु सभापति तथा विद्यार्थी नेतृत्वमा रहेर काम गरेको अनुभवलाई पनि महाधिवेशन प्रतिनिधिले ध्यान दिने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?