+
+
Shares

नेपाल विज्ञापन संघको ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १२:१६

२२ असोज, काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले कृति अवार्डस्‌को उद्घाटन सत्र ‘कृति इग्नाइट’ भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपालको विज्ञापन तथा आम सञ्चार क्षेत्रमा सृजनशीलता र उत्कृष्टताको सम्मान गर्ने कृति अवार्डस् औपचारिक शुभारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पानसमा बत्ती बालेर विधिवत् रूपमा उद्घाटन गरिएको उक्त समारोहमा विभिन्न विज्ञ, उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।

यस वर्षको कृति अवार्ड्सले देशका प्रमुख आर्थिक तथा नियमनकारी संस्थाहरूको व्यापक सहकार्य र समर्थन प्राप्त गरेको छ । यस कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल सरकारको विज्ञापन बोर्डले समर्थन गरेका छन् ।

त्यसैगरी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, सामुदायिक रेडियो प्रसारकहरूको संस्था (अकोर्राब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल यसै वर्षदेखि कृति अवार्डस्को सह–आयोजकका रुपमा सहभागी रहेका छन् । रेड बुल १३ औँ कृति अवाड्र्स २०८३ को यस संस्करणमा आनका गैर–सदस्यहरूका लागि पनि मनोनयन खुला गरिएको छ ।

मुलुकका सर्वोच्च व्यावसायिक संघ संस्थाको समर्थन, मिडिया संघ संगठनहरुको सहआयोजना र आनको गैर–सदस्यहरूका लागि पनि खुला भएसँगैको ऐतिहासिक पहलले राष्ट्रिय आर्थिक क्षेत्रमा आनको भूमिकालाई अझ व्यापक र समावेशी बनाएको छ ।

समारोहमा नेपालका विज्ञापन उद्योग तथा आम सञ्चार क्षेत्रको विकास क्रम झल्काउने अडियो–भिजुअल प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?