+
+
Shares

बाढीपीडित मान्छे र पशुप्राणीका लागि राहत लिएर आए अलोका

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १६:५६

बाढीपीडित मान्छे र पशुप्राणीका लागि राहत लिएर अलोका नेपाल आइपुगेका  छन्  । भिक्षुहरू सम्मिलित टोलीसँग अलोका आज बिहान ९ बजे नेपाल आइपुगेका हुन् । नुवाकोट र रसुवा आसपासका बाढीप्रभावित क्षेत्रमा उनीहरूले राहत वितरण गर्नेछन् ।

खाद्यान्न, औषधि, लत्ताकपडालगायत अत्यावश्यक सामग्रीसहित अलोका त्यस क्षेत्रमा पुग्नेछन् । भिक्षु भन्ते पन्नाकरसहितको टोलीसँग पशुप्राणीको सेवामा लामो समयदेखि अविच्छिन्न रूपमा काम गरिरहेको ‘स्नेहा केयर्स’ ले सहजीकरण गर्नेछ ।

स्नेहा केयर्स पशुप्राणीको उद्धार, उपचार, संरक्षण र कल्याणका क्षेत्रमा काम गर्दै आएको संस्था हो । यसले सडक तथा जोखिममा रहेका पशुप्राणीको उपचार, उद्धार र पुनर्स्थापनासँगै पशु अधिकार र जिम्मेवार व्यवहारबारे जनचेतना फैलाउँदै आएको छ । संस्था पशुप्राणीमाथि हुने हिंसा र क्रूरता अन्त्यका लागि पनि सक्रिय छ ।

आज साँझ भने उनीहरू स्वयम्भू पुगेर बाढीमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली दिनेछन् । त्यसपछि नुवाकोट र रसुवा पुग्नेछन् । चार दिनसम्म त्यस क्षेत्रमा बसेर उनीहरूले राहत वितरण गर्नेछन् ।

अलोकाको नाममा पशुप्राणीलाई खाना, औषधि तथा उपचारको व्यवस्था गरिनेछ । साथै, मान्छेका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिनेछ । बालबालिकालाई स्कुल ब्यागलगायतका सामग्री दिइनेछ ।

अलोकाको कथा

अलोका कुनै बेला भारतको सडकमा भौँतारिने कुकुर थिए । सन् २०२२ मा भारतमा शान्ति यात्रामा रहेका भियतनामी मूलका अमेरिकी बौद्ध भिक्षु भन्ते पन्नाकरलाई पछ्याउँदै उनी यात्रामा जोडिएका थिए । कठिन बाटो, बिरामी र दुर्घटनाजस्ता चुनौती आए पनि अलोकाले भिक्षुहरूको साथ छाडेनन्  ।

पछि उनलाई ‘अलोका’ नाम दिइयो, जसको अर्थ ‘प्रकाश’ हुन्छ । सन् २०२५–२६ मा अमेरिकाको टेक्सासदेखि वासिङ्टन डीसीसम्म करिब ३,७०० किलोमिटर लामो ‘वाक फर पिस’ यात्रामा पनि अलोका भिक्षुहरूसँगै हिँडे । आज उनी शान्ति, करुणा र सहअस्तित्वको प्रतीक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?