+
+
Shares

रसुवा बाढीपीडितलाई ठमेलका रात्रिकालीन मनोरञ्जन व्यवसायीको सहयोग

संघले १० भदौको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौं स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेकालाई ५ लाख ५१ रुपैयाँ नगद र खाद्यान्न सहयोग गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ ठमेलले रसुवाको भोटेकोशी बाढीपीडितलाई ५ लाख ५१ हजार रुपैयाँ नगद र खाद्यान्न सहयोग गरेको छ ।
  • संघले सोमबार साँझ रुपेश गुरुङमार्फत रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ की कार्यवाहक अध्यक्ष किप्पा नगरकोटीलाई सहयोग हस्तान्तरण गरेको छ ।
  • काठमाडौं स्वयम्भूस्थित मुस्ताङ गुम्बामा रसुवाका १ सय ५५ परिवारका ३ सयभन्दा बढी बाढीपीडित आश्रय लिइरहेका छन् ।

२७ असोज, काठमाडौं । नेपाल रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ ठमेलले रसुवा भोटेकोशी बाढी प्रभावितलाई खाद्यान्न र नगद सहयोग गरेको छ ।

संघले १० भदौको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौं स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेकालाई ५ लाख ५१ रुपैयाँ नगद र खाद्यान्न सहयोग गरेको हो ।

उक्त रकम र खाद्यान्न सोमबार साँझ संघ अध्यक्ष रुपेश गुरुङले रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ की कार्यवाहक अध्यक्ष किप्पा नगरकोटीलाई हस्तान्तरण गरे । गुम्बामा हाल रसुवाका १ सय ५५ परिवारका ३ सयभन्दा बढीले आश्रय लिइरहेका छन् ।

बाढीका कारण घरबार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा क्षति बेहोर्नुपरेका प्रभावित परिवार लक्षित गर्दै सहयोग उपलब्ध गराइएको संघ अध्यक्ष गुरुङले जानकारी दिए ।

विपद्का कारण समस्यामा परेकालाई तत्काल राहत प्रदान गरी उनीहरूको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको संघले जनाएको छ ।

बाढीप्रभावित रसुवा र नुवाकोटका बासिन्दालाई ५ लाख नगदका साथै १२ बोरा चामल, तीन बोरा दाल, एक बोरा च्युरा, ३० कार्टुन चाउचाउ र महिलाका लागि स्यानिटरी प्याड उपलब्ध गराइएको संयोजक प्रकाश श्रेष्ठ ‘टाइगर’ ले जानकारी दिए ।

प्राकृतिक विपद्का बेला प्रभावितलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै सहयोगले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?