+
+
Shares

रसुवा बाढीपीडितका नाममा स्वेच्छिक राहत संकलन नगर्न सिरहा प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढीपीडितका लागि राहत संकलन भइरहेको भन्दै सिरहा प्रशासनले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न आग्रह गरेको छ।
  • प्रशासनले सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था वा समूहलाई नजिकको इलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उपलब्ध सामग्रीको विवरण जानकारी गराउन अनुरोध गरेको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा राहत सामग्री व्यवस्थित गरी वास्तविक पीडितसम्म पुर्‍याउन सम्बन्धित निकायलाई जानकारी गराएर मात्र सहयोग गर्न भनिएको छ।

१५ भदौ, सिरहा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न/नगराउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार सूचना जारी गर्दै बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघ–संस्था वा समूहले आफूले उपलब्ध गराउन सक्ने राहत सामग्रीको विवरण नजिकको इलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालय सिरहामा जानकारी गराउन अनुरोध गरेको हो ।

प्रशासनले राहत संकलनका नाममा विभिन्न व्यक्ति, संघ–संस्था वा समूहबाट सामग्री संकलन भइरहेको जानकारी प्राप्त भएको जनाएको छ ।

राहत सामग्रीको व्यवस्थित व्यवस्थापन तथा वास्तविक पीडितसम्म प्रभावकारी रूपमा पुर्‍याउनका लागि सम्बन्धित निकायलाई जानकारी गराएर मात्र सहयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा बाढीपीडितका लागि आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति वा संघ–संस्थाले आफूले उपलब्ध गराउन सक्ने सामग्रीको विवरण प्रशासनलाई जानकारी गराउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?