News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले रसुवाका बाढीपीडितको सहयोगका लागि सोमबार रक्तदान कार्यक्रम आयोजना गरी १३६ पिन्ट रगत संकलन गरेको छ।
- त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक र विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए।
- नबिल बैंकका प्रमुख मानव संसाधन अधिकृत दिवस कार्कीले रसुवाको भोटेकोशी–त्रिशूली नदी बाढीले पुर्याएको क्षतिपछि जीवन बचाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए।
१५ भदौ, काठमाडौं । नबिल बैंकले रसुवाका बाढीपीडितको सहयोग तथा मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा १३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।
त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
बाढीका कारण प्रभावित क्षेत्रमा उत्पन्न हुनसक्ने स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। संकलित रगत सम्बन्धित रक्तसञ्चार सेवामा तथा आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रका बिरामीको उपचारमा प्रयोग गरिनेछ।
नबिल बैंकका प्रमुख मानव संसाधन अधिकृत दिवस कार्कीले विपद्को समयमा पीडित समुदायसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहायता कार्यमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनले रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिले सबैलाई मर्माहत बनाएको भन्दै रक्तदानमार्फत जीवन बचाउने प्रयासमा सहयोग गर्न खोजिएको बताए।
प्रतिक्रिया 4