+
+
Shares

नुवाकोट त्रिशूली पारि सडक सुविधा पुनर्स्थापित

सडक सुरु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग जोड्न पुन: सडक पहुँच स्थापित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशूली नदीमाथिका पुलमा क्षति भएपछि नुवाकोटको त्रिशूली पारि भूभागलाई यातायात सञ्जालमा जोड्ने सडक सञ्चालनमा आएको छ ।
  • गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारीबाट दायाँ किनार हुँदै त्रिशूली बजारसम्म सडक सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
  • सडक खुलेपछि नुवाकोटका धेरै नागरिकको सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको र उद्धार तथा राहत सामग्री आवतजावतमा सहजता हुने मन्त्रालयले उल्लेख गरेको छ ।

१५ भदौ, काठमाडौं । त्रिशूली नदीमाथिका पुलमा भएको क्षतिका कारण प्रभावित नुवाकोटको त्रिशूली पारि भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुरु गरिएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छी–त्रिशूली राजमार्ग अन्तर्गत त्रिशूली पुल पारीबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको हो ।

सडक सुरु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग जोड्न पुन: सडक पहुँच स्थापित भएको छ । साथै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री आवतजावतमा समेत सहजता हुने मन्त्रालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?