+
+
Shares

यी हुन् बाढीपहिरोका कारण प्रभावित राजमार्गहरू

बाढीपहिरोका कारण गण्डकी प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ७:३०

२८ असोज, काठमाडौं । बाढीपहिरोका कारण गण्डकी प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, नवलपरासी पूर्व र गोरखाका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको छ।

प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा छ।

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा कालिगण्डकी करिडोर पनि प्रभावित भएको छ। उक्त सडकखण्डमा ठूला गाडी सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ।

यसैगरी, बूढीगण्डकीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल र गोरखा–आरुघाटबाट धादिङ जोड्ने नयाँपुल पूर्ण रूपमा क्षति पुर्‍याएका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?