+
+
Shares

प्र्यांकले ततायो नकुलको पारो, गुल्लूसँग हातपात !

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बिग बोस २०’को घरमा काजी तौकीरको प्र्यांकपछि नकुल धुल र गुल्लूबीच चर्काचर्की र हातपातको अवस्था बनेको छ।

‘बिग बोस २०’ को घरमा ठट्टा गर्दागर्दै विवाद चर्किएको छ । काजी तौकीरको प्र्यांकबाट सुरु भएको विवादले नकुल धुल र गुल्लू (कुशल तंवर) लाई एकअर्का विरुद्ध खनिने बनाइदियो ।

दुवैबीच चर्काचर्की मात्र भएन, हातपातको अवस्थासमेत सिर्जना भएको भिडियो क्लीपमा देखिन्छ । शोको नयाँ प्रोमोमा देखिएको सो घटनापछि नकुलको व्यवहार र सम्भावित निष्कासनबारे घरबाहिर चर्चा हुन थालेको छ ।

नकुलले स्कट ओपीसँग काजीले आफ्नो बारेमा गलत कुरा गरिरहेको गुनासो गरेपछि विवादको सुरु भएको थियो । स्कटले यसबारे काजीसँग कुरा गर्दा उनले आफूले ठट्टा गरेको बताएका थिए । तर, नकुल त्यसलाई स्वीकार गर्न तयार भएनन् ।

त्यसपछि काजीले गुल्लूलाई नकुललाई सम्झाउन भने । यहीँबाट नकुल र गुल्लूबीच विवाद सुरु भयो । भनाभन बढ्दै जाँदा स्थिति हातपातको अवस्थासम्म पुग्यो ।

मध्यरातमै निकालिए नकुल ?

विवादपछि नकुल शोबाट बाहिरिएको हुन सक्ने अड्कलबाजी पनि सुरु भएको छ । अर्को भिडियोमा स्कट ओपी मध्यरातमा घरको निकास ढोकाबाट कसैलाई बाहिर छाडेर फर्किएको देखिएको दाबी गरिएको छ ।

त्यसपछि स्कट नकुल सुत्दै आएको ओछ्यानमा एक्लै सुतेको दृश्य देखिएपछि दर्शकले नकुल निष्कासित भएको अनुमान गरेका हुन् ।

तर, नकुल शोबाट बाहिरिएको विषयमा निर्माताहरू वा च्यानलले आधिकारिक पुष्टि गरेका छैनन् ।

यसअघि पनि गुल्लूलाई थप्पड हानेको आरोपपछि नकुलको निष्कासनबारे चर्चा चलेको थियो । अब यो विवादमा बिग बोसले कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?