+
+
Shares

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा-८ गुम्बाचोक नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालक ५५ वर्षीय श्यामकुमार तामाङको उपचारका क्रममा मृत्यु भएको छ।
  • पूर्वपश्चिम राजमार्गको हेटौंडा खण्डमा भएको दुर्घटनामा ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका-१ का ४४ वर्षीय नागेश्वर महतो नियन्त्रणमा लिइएका छन्।
  • प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

२८ असोज, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान हेटौंडा-८ गुम्बाचोक नजिकै पूर्वपश्चिम सडक खण्डमा ना ४२ प ७२८३ नं. को मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक हेटौंडा-९ एचआईडी बस्ने ५५ वर्षीय श्यामकुमार तामाङ गम्भीर घाइते भएका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थिय । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका-१ का ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?