२८ असोज, जनकपुरधाम । सर्पदंशका बिरामी महेश यादवको मृत्यु घटना छानबिन गर्न एक समिति बनेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशले डाक्टर विपिन झाको नेतृत्वमा पाँच सदस्य छानबिन टोली गठन गरेको हो ।
समितिको सदस्य सचिवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सन्तोष ठाकुर, सदस्यहरूमा मुख्यमन्त्री कार्यालयका अधिकृत श्यामसुन्दर महतो, प्रादेशिक अस्पताल सिरहाकी नर्सिङ अधिकृत वविता पण्डित, स्वास्थ्य मन्त्रालयका तथ्यांक अधिकृत शिव मुहरत छन् ।
१९ असोजको मन्त्रालयको निर्णय अनुसार समिति गठन गरेर छानबिन थालिएको सदस्य सचिव ठाकुरले बताए ।
गत १३ असोज राति सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ मुझेलियाका २५ वर्षीय महेश यादव आफैं स्कुटी चलाएर प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि पुगेका थिए।
तर त्यहाँ औसधि उपचार गरे पनि उनको स्वास्थ्य अवस्था खराब हुँदा आइसियु बेड अभावमा उनलाई त्यहाँबाट रेफर गरिएको थियो । त्यहाँबाट उपचारका लागि बर्दिबास स्थित सर्पदंश उपचार केन्द्रमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको मृत्यु घटना पश्चात मधेश प्रदेश सरकारको व्यापक आलोचना भइरहेको छ भने छानबिनको माग पनि उठिरहेको छ।
प्रतिक्रिया 4