News Summary
Generated by OK AI. Editorially reviewed.- दसैं नजिकिएसँगै काठमाडौंमा हिमाली भेगबाट भेडा च्याङ्ग्रा र तराई–मधेस तथा पहाडी जिल्लाबाट खसी बोका भित्र्याइएको छ।
- सिन्धुली, धनुषा, सिराहा, सप्तरी, बारा, पर्सा र मकवानपुरलगायत जिल्लाबाट खसी बोका काठमाडौं ल्याइएको छ।
- भक्तपुरको सल्लाघारीसहित काठमाडौंका विभिन्न ठाउँमा पशु बिक्रीका लागि राखिएको छ।
२८ असोज, काठमाडौं । दसैं लागेसँगै काठमाडौंमा पनि च्याङ्ग्रा, भेडा, खसी, बोका काठमाडौं भित्र्याइएको छ। दसैंको बेला माग बढी हुने हुँदा देशका विभिन्न भागबाट काठमाडौंमा खसी बोका, भेडा, च्याङ्ग्राको आपूर्ति बढ्ने गर्छ। यसवर्ष पनि हिमाली भेगबाट भेडा च्याङ्ग्रा काठमाडौं ल्याइएको हो।
त्यस्तै, सिन्धुली, धनुषा, सिराहा, सप्तरी, बारा, पर्सा, मकवानपुर लगायतका तराई-मधेस र पहाडी जिल्लाबाट खसी/बोका ल्याइएको छ। काठमाडौंको विभिन्न क्षेत्रमा राखेर यसरी ल्याइएको भेडा च्याङ्ग्रा विक्रीका लागि राखिन्छ। भक्तपुरको सल्लाघारीमा पनि विक्रीका लागि राखिएको छ।
हिमालदेखि तराईसम्मका जिल्लाबाट पशु भित्रिने परम्पराले सहर बजारमा चहलपहल बढाएको छ भने कृषि–पशुपालनमा निर्भर किसानहरूको आम्दानी पनि बढाएको छ।

प्रतिक्रिया 4