News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका, बेलायतसहित १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ।
- मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतबारे समितिले केहीबेरमा निर्णय लिनेछ।
- समितिबाट अनुमोदन भएका नाममा निश्चलनाथ पाण्डे, कल्याणराज शर्मा, चिरनजंग थापा, गौरवशमशेर जबरा र सरु जोशी छन्।
२८ असोज, काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ देशका राजदूतमध्ये १० जनाको नाम संसदीय सनुवाइ समितिबाट अनुमोदन भएको छ ।
भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
अन्य तीन वटा देशको बारेमा भने संसदीय समितिले निर्णयबारे जानकारी गराएको छैन ।
मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूहरूको क्रमश: चूडामणि खरेल, जिज्ञान कुमार थापा र गिरिबहादुर सुनारको नाम भने अनुमोदन भएको वा नभएको भन्नेबारे केहीबेरमा संसदीय समितिले निर्णय लिनेछ ।
यी हुन् संसदीय समितिबाट अनुमोदन भएका नामहरू–
डा. निश्चलनाथ पाण्डे भारत
कल्याणराज शर्मा, चीन
चिरनजंग थापा, अमेरिका
गौरवशमशेर जबरा, बेलायत
सरु जोशी, जर्मनी
सुरेश कुमार कर्ण, इजरायल
पद्माक्षी राणा, ओमान
संगम श्रेष्ठ, दक्षिण कोरिया
प्राप्ति शेरचन, स्पेन
डा. मञ्चला झा, श्रीलंका
प्रतिक्रिया 4