+
+
Shares

ओमानका लागि प्रस्तावित राजदूतको कार्ययोजना : श्रम, आर्थिक र जलवायु कूटनीति प्राथमिकतामा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणाले संसदीय सुनुवाइ समितिमा नेपाल–ओमान सम्बन्ध सुदृढ गर्न चारवर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गरिन् ।
  • उनले श्रम कूटनीति, आर्थिक साझेदारी र जलवायु कूटनीतिलाई कार्यकालको मुख्य प्राथमिकता बनाउने बताइन् ।
  • राणाले ओमानमा करिब २५ हजार नेपाली कार्यरत रहेको उल्लेख गर्दै उनीहरूको हकहित, सुरक्षा र सीप विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन् ।

२७ असोज, काठमाडौं । ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चारवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेकी छिन् ।

मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले श्रम कुटनीति, आर्थिक साझेदारी र जलवायु कुटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रूपमा अघि सारेकी हुन् ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रश्तावित राजदुत राणाले नेपाल र ओमानबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै श्रम आप्रवासन दुई देशबीचको सम्बन्धको बलियो आधार रहेको उल्लेख गरिन् ।

परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार हाल करिव २५ हजार नेपाली ओमानमा कार्यरत छन् । आफ्नो कार्यकालमा नेपाली श्रमिकको हकहित, सुरक्षा र सीप विकासलाई उच्च प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाइन् ।

राणाले ओमानको ‘भिजन २०४०’ सँग नेपालको प्राथमिकतालाई जोडेर आर्थिक कुटनीतिलाई अघि बढाउने योजना पेश गरिन् । कृषि, पर्यटन, रिन्युएबल इनर्जी र वैदेशिक लगानी भिर्त्याउने क्षेत्रमा उनले विशेष जोड दिइन् ।

तेस्रो प्रमुख आधारका रूपमा उनले ‘जलवायु कूटनीति’ लाई प्रश्तुत गरिन् । ओमानले जलस्रोत व्यवस्थापन र हरित ऊर्जामा गरिरहेको काम नेपालका लागि सिक्न योग्य भएको भन्दै उनले दुवै देशले जलवायु परिवर्तनको असर न्युनिकरण र प्रकोप व्यवस्थापनमा सहकार्य गर्न सक्ने बताइन् ।

आफ्नो चारवर्षीय कार्ययोजनालाई उहाँले चरणवद्ध रूपमा अघि बढाउने प्रश्ताव गरिन् । जसअनुसार सन् २०२७ सम्म आधार तयार पार्ने, २०२८ मा साझेदारी विस्तार गर्ने, २०२९ मा सम्भाव्य क्षेत्रमा काम गर्ने र २०३० सम्म उपलब्धिहरूलाई दिगो बनाउने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?