+
+
Shares

रास्वपामा नयाँ अनुहारका लागि ल्याटरल इन्ट्री खुला, तोकियो कुलिङ पिरियड

पार्टीले तयार पारेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ मार्फत बाहिरबाट आउने सम्भावित उम्मेदवारहरूका लागि निश्चित मापदण्ड र कुलिङ पिरियड तोकेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १८:४४

२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा बाहिरका प्रतिष्ठित व्यक्ति तथा नयाँ अनुहारलाई आकर्षित गर्न ल्याटरल इन्ट्रीको बाटो खुला गरेको छ।

पार्टीले तयार पारेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ मार्फत बाहिरबाट आउने सम्भावित उम्मेदवारहरूका लागि निश्चित मापदण्ड र कुलिङ पिरियड तोकेको हो।

रूपरेखाअनुसार अन्य पार्टी छाडेर वा पहिलोपटक राजनीतिमा प्रवेश गरेर रास्वपाको उम्मेदवार बन्न चाहनेहरूले निश्चित अवधि पार्टीमा बिताएको हुनुपर्नेछ। पहिलोपटक कुनै पनि राजनीतिक दलमा आबद्ध हुने (रास्वपा पहिलो दल हुने) व्यक्तिका लागि ४५ दिनको कुलिङ पिरियड तोकिएको छ।

त्यसैगरी, अन्य राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरूका हकमा भने ९० दिनको कुलिङ पिरियड पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

यद्यपि, पार्टीलाई आवश्यक परेको खण्डमा वा विशेष क्षमता भएका व्यक्तिहरूलाई उम्मेदवार बनाउनुपर्दा यो कुलिङ पिरियड बाधक बन्ने छैन।

माथिल्लो समितिको लिखित सहमतिमा यो अवधि नपुगेका व्यक्तिहरूले पनि ल्याटरल इन्ट्रीमार्फत सीधै उम्मेदवार बन्न पाउने लचिलो प्रावधान रूपरेखामा समावेश छ।

यस व्यवस्थाले स्थानीय तहमा लोकप्रिय, स्वतन्त्र हैसियत बनाएका तथा समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई रास्वपाको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न सहज बनाउने पार्टीको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?