News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय गोरखाले सुरक्षा चुनौती देखाउँदै पालुङटार नगरपालिकाको ऐतिहासिक लिगलिगे दौड रोक्न आग्रह गरेको छ।
- नगरपालिका र लिगलिगकोट विकास अभियानबीच आयोजकको दाबीमा विवाद भएपछि सुरक्षा निकाय सहभागी गराउन नसक्ने प्रशासनले जनाएको छ।
- सहमति नजुटेपछि प्रशासनले असोज २९ र ३० गते तय भएका दुवै दौड नगर्न बुधबार दुवै पक्षलाई पत्राचार गरेको छ।
२८ असोज, गोरखा । सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।
वुधवार साँझ पत्राचार गर्दै प्रशासनले विवादका कारण कार्यक्रममा सुरक्षा निकायहरु सहभागी गराउन नसक्ने र पर्याप्त सुरक्षा समेत दिन नसक्ने जनाएको छ । यसअघि लिगलिगकोट बिकास अभियानले आयोजना गर्दै आएको दौड नगरपालिकाले अपनत्व लिएर संचालन गर्न खोजेपछि दुई पक्षबीचको विवाद चुलिएको हो । आफू आयोजक हुनुपर्ने दुवैको अडान छ ।
यसअघि पनि नगरपालिका आफैले अपनत्व लिएर दौड संचालन गर्ने निर्णय गरेको थियो । तर लिगलिगकोट बिकास अभियानले अवरोध गरेपछि विगत दुई बर्षदेखि दौड हुन सकेको छैन । यो बर्ष पनि पालिकाले दौड गर्न लागेपछि अभियानले अवरोध सृजना गरेको हो ।
नगरपालिकालाई चुनौती दिदै अभियानले असोज ३० गते लिगलिगे दौडको आयोजना गरेको छ । नगरपालिकाले भने असोज २९ गते दौड राखेको छ । दुइ पक्षबीचको छलफलमा सहमति नभएपछि सुरक्षाको वहाना बनाउँदै प्रशासनले दुवैलाई दौड नगर्न भनेको हो । प्रतियोगिता रोक्न आग्रह गर्दै वुधवार प्रशासनले दुवै पक्षलाई पत्राचार गरेको हो ।
प्रतिक्रिया 4