+
+
Shares

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो साघुमा ब्रेक फेल भएर ट्याक्टर दुर्घटना हुँदा सहचालक ३० वर्षीय धानुक सुनारको घटनास्थलमै मृत्यु भएको छ।
  • दुर्घटना बुधबार साँझ करिब ६ बजे चुवाखोला क्षेत्रबाट दोजामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टरमा भएको हो।
  • सिमकोट गाउँपालिका–१ दोजामका ३० वर्षीय नाक्पु लामाले ट्याक्टर चलाएका थिए, र दुर्घटनास्थलमा चालक, शव र दुर्घटनाग्रस्त ट्याक्टर रहेको छ।

२८ असोज, सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित तल्लो साघुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बुधबार साँझ करिब ६ बजे भएको दुर्घटनामा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ३० वर्षीय धानुक सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

सिमकोट गाउँपालिका–१ दोजामका ३० वर्षीय नाक्पु लामाले चलाएको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाका क्रममा ट्याक्टरको टायरमा परेर सहचालक सुनारको मृत्यु भएको चालक लामाले प्रहरीलाई जानकारी गराएका छन् ।

चुवाखोला क्षेत्रबाट तल्लो साघुस्थित भित्री सडकखण्ड हुँदै दोजामतर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थल पुग्न ठेहे प्रहरी चौकीबाट करिब तीन घण्टा पैदल हिंड्नुपर्ने बताइएको छ ।

दुर्घटनास्थलमा ट्याक्टर चालक लामा, मृतक सुनारको शव र दुर्घटनाग्रस्त ट्याक्टर रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?