News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय वाणिज्य बैंकले वार्षिक ६ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ सर्वसाधारणका लागि खुला गरेको छ।
- सात वर्ष अवधिको उक्त ऋणपत्रमा असोज २९ देखि कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ, र आवश्यक परे कात्तिक १२ गतेसम्म अवधि थपिनेछ।
- कुल ३० लाख इकाईमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ, जसको कुल मूल्य १ अर्ब २० करोड रुपैयाँ छ।
२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ ।
बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा पूर्ण आवेदन नपरे निष्कासन अवधि कात्तिक १२ गतेसम्म थप गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । कुल निष्कासित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्याइएको छ । बाँकी ४० प्रतिशत अर्थात् १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो ।
सर्वसाधारणका लागि खुला गरिएको ऋणपत्रको कुल मूल्य १ अर्ब २० करोड रुपैयाँ छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ जिल्लामा ३१६ शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका ३३८ एटीएम टर्मिनल छन् । बैंकले निक्षेप, कर्जा, एटीएम तथा मोबाइल बैंकिङलगायत सेवा ४९ लाखभन्दा बढी ग्राहकलाई उपलब्ध गराउँदै आएको जनाएको छ ।
प्रतिक्रिया 4