+
+
Shares

चितवनको जुगेडीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ६:४४

२८ असोज, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।

दुर्घटनामा ट्रक चालकसहित ट्रक तथा बसमा सवार गरी ८ जना घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने एक महिलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको प्रहरी निरीक्षक थापाले बताए ।

बस चालक भने दुर्घटनापछि फरार रहेको र उनको खोजी भइरहेको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?