News Summary
Generated by OK AI. Editorially reviewed.- न्युरोडकी उर्मिला शर्माले टेक्नोको स्पार्क गो ३ मोबाइल खरिद गरेर चाँदीको चंगा जितेकी छिन्।
- टेक्नोको स्पार्क गो ३ नेपाली बजारमा २१ हजार ९ सय ९९ र २५ हजार ९ सय ९९ रुपैयाँका दुई विकल्पमा उपलब्ध छ।
- दसैं, तिहार र छठका अवसरमा टेक्नोले ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा उपहार’ योजना चलाइरहेको छ।
२९ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ मोबाइल खरिद गरेकी न्युरोडकी उर्मिला शर्माले चाँदीको चंगा जितेकी छिन् ।
कम्पनीका अनुसार सुपथ मूल्य, उत्कृष्ट सुविधा र भरपर्दो टिकाउपनका कारण टेक्नोको स्पार्क गो ३ नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । दैनिक प्रयोगका लागि आवश्यक आधुनिक सुविधा र चाडपर्वमा उपहार दिन उपयुक्त मूल्य दायरा भएका कारण यो फोन बजारमा पहिलो रोजाइ बन्न सफल भएको छ ।
नेपाली बजारमा टेक्नो स्पार्क गो ३ दुई विकल्पमा उपलब्ध छ । जसअन्तर्गत ४ जीबी र्याम र ६४ जीबी भण्डारण क्षमता भएको फोनको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ तथा ४ जीबी र्याम र १२८ जीबी भण्डारण क्षमता भएको फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

यस स्मार्टफोनमा ६.७४ इन्चको १२० हर्जको स्मुथ डिस्प्ले, ५००० एमएएच क्षमताको टिकाउ ब्याट्री, १३ मेगापिक्सेलको मुख्य क्यामरा र ८ मेगापिक्सेलको अगाडिको क्यामेरा छ।
दैनिक प्रयोग सहज बनाउन फोनमा ‘टेक्नो कृत्रिम बौद्धिकता (एआई) आवाज सहयोगी’ तथा ‘इन्टरनेट र नेटवर्कविना सञ्चार हुने २.०’ जस्ता स्मार्ट सुविधा यसमा छ । धुलो र पानीका छिटाबाट बचाउन यसमा ‘आईपी ६४’ सुरक्षा मापदण्डका साथै सामान्य खसाइबाट जोगाउने बलियो बनावट समेत छ ।
ग्राहकको विश्वास मध्यनजर गर्दै कम्पनीले यस फोनमा १ सय दिनको साट्ने (रिप्लेसमेन्ट) नीति र १३ महिनाको आधिकारिक वारेन्टी सुविधा उपलब्ध गराएको छ । जसअन्तर्गत खरिद गरेको १ सय दिनभित्र कुनै प्राविधिक समस्या आए तोकिएका सर्तहरूको अधीनमा रही नयाँ फोन साट्न सकिने छ ।
दसैं, तिहार तथा छठ पर्वका अवसरमा सञ्चालित ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा उपहार’ योजना अन्तर्गत देशका विभिन्न स्थानका ग्राहकले उपहार जित्ने क्रम जारी छ ।
यसै क्रममा काठमाडौ न्युरोडस्थित मोबाइल प्वाइन्टबाट टेक्नो क्यामोन ४० प्रो स्मार्टफोन खरिद गर्दा ग्राहक उर्मिला शर्माले आकर्षक ‘चाँदीको चंगा’ जितेकी छिन् ।
यस योजना अन्तर्गत टेक्नो स्मार्टफोन खरिद गर्दा हरेक दिन चाँदीका सिक्का र हरेक हप्ता २ जना ग्राहकले चाँदीका चंगा जित्ने अवसर पाउनेछन् ।
त्यस्तै योजना अन्त्यमा हुने बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले ५ लाख बराबरको ‘सुनको चंगा’ प्राप्त गर्नेछन् ।
विश्व बजारमा चिपसेट र र्यामजस्ता पार्टपुर्जाको लागत बढिरहेकाले आगामी दिनमा नेपाली बजारमा पनि फोनको मूल्य वृद्धि हुन सक्ने भन्दै कम्पनीले हाल तोकिएकै सुपथ मूल्यमा फोन खरिद गरी आकर्षक उपहार जित्ने अवसर सदुपयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4