+
+
Shares

उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानसेनापति अशोकराज सिग्देलबीच लैनचौरस्थित कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
  • भेटमा बडादशैंको शुभकामना आदानप्रदानपछि मुलुकको समग्र सुरक्षा अवस्था र समसामयिक राष्ट्रिय विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
  • यादवले सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाको भूमिकाको प्रशंसा गरेका छन् ।
  • सिग्देलले देशभरको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र भोटेकोशी विपत्तिमा सेनाले गरेको उद्धार कार्यबारे जानकारी गराएका छन् ।

३० असोज, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा बडादशैंको शुभकामना आदानप्रदान पश्चात मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय लगायत विविध पक्षमा सौहार्दपूर्ण छलफल भएको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्याएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गरे ।

प्रधान सेनापति सिग्देलले नेपाली सेनाले देशभर सम्हालिरहेको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र शान्तिसुरक्षाको वर्तमान अवस्था तथा भोटेकोशी विपत्तीमा सेनाले गरेको उद्धार कार्यबारे उपराष्ट्रपति यादवलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?