+
+
Shares

कावासोतीमा अटो पल्टिंदा एक महिलाको मृत्यु, ७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ माझटोलमा अटो नहरमा पल्टिँदा कावासोती–१ हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको मृत्यु भएको छ।
  • विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो दुर्घटनामा सात जना घाइते भएका छन्।
  • दुर्घटनापछि प्रहरीले अटो चालक ४४ वर्षीय मानसिंह थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

१ कात्तिक, चितवन । पूर्वी नवलपरासीकोको कावासोती नगरपालिका–६ माझटोलमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भएर नहरमा पल्टिदा कावासोती–१ हात्तीखोरका ४१ वर्षीया ईशा सुनारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालाय नवलपुरका डिएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा घाइते, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षका निर्मल गाहाको भरतपुरस्थित सेन्ट्रल अस्पताल उपचार भैरहेको छ ।

यस्तै, सात वर्षीया रोनिशा सुनार र १७ वर्षीय गंगा गाहा घाइते भएका छन् । उनीहरूको नवलपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अटो चालक कावासोती–१ हात्तीखोर निवासी ४४ वर्षीय मानसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?