News Summary
Generated by OK AI. Editorially reviewed.- डिगोले जिओहटस्टारसँग साझेदारी गर्दै नेपालमा जिओहटस्टारका सामग्रीको प्रस्तुति थालेको छ।
- यो साझेदारीमार्फत डिगोमा ब्लकबस्टर चलचित्र, ओरिजिनल, टेलिभिजन, रियालिटी शो र बालबालिकाका सामग्रीको अलग प्लेटफर्म बनेको छ।
- डिगोका मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टार हेर्न सकिनेछ, जसको मूल्य प्रतिमहिना २ सय ४९ रुपैयाँबाट सुरु हुन्छ।
२ कात्तिक, काठमाडौं । ओटीटी ल्याटफर्म डिगोले ‘जिओहटस्टार’ सँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीको प्रस्तुति थालेको छ । दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्र डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो।
भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय सिनेमा तथा टेलिभिजनप्रतिको लामो समयदेखिको आकर्षणलाई आधार बनाउँदै जिओहटस्टारलाई विश्वभरिका नेपाली दर्शकमाझ समेत पुर्याउने यो अर्को कदम हो ।
यो साझेदारीले डिगोभित्र ब्लकबस्टर चलचित्र, ओरिजिनल, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइज र बालबालिकाका सामग्री समेटिएको एक समर्पित जिओहटस्टार प्लायाटफर्म सिर्जना गरेको छ ।
लन्च लाइनअपमा ‘भेडिया’, ‘१२थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, र ‘वेलकम टु द जंगल’ जस्ता ब्लकबस्टर चलचित्रसँगै जिओहटस्टार ओरिजिनल जस्तै ‘हुंकार’, ‘प्रितम एन्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसल अप्स’, ‘चिरैया’ लगायत सामग्री उपलब्ध छन् ।
यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’, ‘थुडाक्म’ जस्ता क्षेत्रीय चलचित्र र ‘बिग बोस’, ‘कफी विथ करण’, ‘इन्डियाका टप १ पर्सेन्ट’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमले दैनिक हेर्ने अनुभव अझ उत्कृष्ट बनाउँछन् ।
दर्शकले डिगोको मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टारको अनुभव लिन सक्नेछन्, जसको विशेष लन्च मूल्य प्रतिमहिना २ सय ४९ रुपैयाँबाट सुरु हुन्छ । मोबाइल प्लानको मूल्य एक महिनाका लागि २ सय ४९ रुपैयाँ, तीन महिनाका लागि ६ सय ९९ रुपैयाँ र एक वर्षका लागि २ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै प्लस प्लान एक महिनाका लागि ३ सय ९९, तीन महिना ८ सय ९९ र एक वर्षका लागि २ हजार ६ सय ९९ रुपैयाँमा उपलब्ध छ। दर्शकले वाचडीजीओ डटकममा गएर वा आईओएस, एन्ड्रोइड, एन्ड्रोइड टीभी, र स्मार्ट टीभीमा डिगो एपमार्फत सब्स्क्राइब गर्न सक्नेछन् ।
जिओहटस्टारको लाइब्रेरीले डिगोको नेपाली चलचित्र र शोहरूको संग्रहलाई थप बलियो बनाएको छ । स्थानीय कथावाचनलाई प्राथमिकता दिँदै डिगोमा प्रत्येक हप्ता नयाँ नेपाली चलचित्र थपिने छ । सब्स्क्राइबरले लालिगा, मोटोजीपी, र काराबाओ कप लगायत प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुद पनि हेर्न सक्नेछन् ।
यसरी भारतीय तथा नेपाली मनोरञ्जन र विश्वव्यापी खेलकुद कुनै पनि अतिरिक्त शुल्कविना एउटै डिगो सब्स्क्रिप्सनमा उपलब्ध भएका छन् ।
‘जिओहटस्टारको अन्तर्राष्ट्रिय विस्तारबाट हामीले भारतमा सिर्जना गरेको दायरा र विदेशमा भारतीय मनोरञ्जनको मागलाई एक ठाउँमा ल्याएको छ । पुस्तौँदेखि हाम्रा चलचित्र, टेलिभिजन शो र कलाकारलाई पछ्याउँदै आएका दर्शकहरू भएको नेपाल यस यात्राको एक महत्त्वपूर्ण हिस्सा हो,’ जिओहटस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले भने, ‘डिगोसँगको सहकार्यले हामीले जिओहटस्टारको मनोरञ्जनलाई स्थानीय प्ल्याटफर्मको सहजतासँग जोड्दै दर्शकहरूलाई अझ फराकिलो विकल्प दिन सक्षम भएका छौं, हामी यस विद्यमान सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालका घरपरिवारमा जिओहटस्टारलाई दैनिक मनोरञ्जनको अभिन्न अंग बनाउने ठूलो सम्भावना देख्छौं ।’
‘यो साझेदारी डिगो र नेपालको मनोरञ्जन उद्योग दुवैका लागि एक कोसेढुंगा हो । जिओहटस्टारका चलचित्र र शोहरूदेखि लिएर हरेक हप्ता आउने नयाँ नेपाली चलचित्र र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदसम्म नेपाली दर्शकलाई डिगो रोज्ने हरेक दिन नयाँ कारण दिनु हाम्रो उद्देश्य हो,’ डिगोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन निरालाले भने, ‘हामी हाम्रा दर्शकका लागि विशेषरूपमा तयार पारिएको मूल्यमा नेपालकै लागि बनेको प्ल्याटफर्म मार्फत यी सबै विकल्प एकै ठाउँमा ल्याउँदैछौं ।’
नेपालमा भएको यो लन्चले भारतीय मनोरञ्जनको पहुँच र आकर्षणलाई आधार बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दिगो उपस्थिति स्थापित गर्ने जिओहटस्टारको लक्ष्य झल्काउँछ । बेलायत, क्यानाडा र सिंगापुरमा प्रत्यक्ष लन्च तथा स्टार्जप्ले र डिगोजस्ता स्थापित सहयात्रीसँगको साझेदारी मार्फत जिओहटस्टारले प्रत्येक बजारको विशिष्ट आवश्यकता अनुसार मनोरञ्जनको दायरालाई विभिन्न हेर्ने अनुभवसँग जोड्दै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै छ ।
जिओहटस्टार एक विश्वव्यापी स्ट्रिमिङ प्ल्याटफर्म हो । ५० करोड मासिक सक्रिय प्रयोगकर्ता र ३ लाख घण्टाभन्दा बढीको कार्यक्रमको लाइब्रेरी भएको यो विश्वको सबैभन्दा ठूलो स्ट्रिमिङ सेवामध्ये एक हो । जिओस्टार नेटवर्कका १ सयभन्दा बढी च्यानलबाट चलचित्र, ओरिजिनल, प्रत्यक्ष खेलकुद, प्रत्यक्ष कार्यक्रम, एनिमे, बालबालिकाका मनोरञ्जन र टिभी शोहरू समेट्दै १९ भाषामा सामग्री उपलब्ध छन् ।
प्रतिक्रिया 4