+
+
Shares

काठमाडौं उपत्यकामा आज न्यून सवारी साधन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते १४:२०

३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालन भएका छन् ।

बडादसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारणहरु काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएका हुन् । त्यस्तै नवमीका दिन सवारी साधानको पूजा समेत गर्ने भएकाले सडकमा सवारीसाधन न्यून देखिएको हो ।

घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारबढी सर्वसाधारणहरु काठमाडौंबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दसैँ नेपालीहरूको मुख्य पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?