+
+
Shares

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १४:२०
चोभारडाँडामा अवस्थित आदिनाथ मन्दिर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुर नगरपालिका–६ स्थित आदिनाथ मन्दिरको एक महिने मेला कात्तिक ९ गतेदेखि सुरु हुने तयारी भएको छ।
  • मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घ–संस्थाको समन्वयमा मन्दिर तथा आसपासमा सरसफाइ र सिँगार्ने काम गरिएको छ।
  • समितिले यस वर्ष मेलामा करिब दुई लाख भक्तजन सहभागी हुने अनुमान गरेको छ।

६ कात्तिक, काठमाडौं । काठमाडौंको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ । एक महिने मेला यही कात्तिक ९ गतेदेखि सुरु हुनेछ ।

मेलाको तयारीका लागि कीर्तिपुर नगरपालिका–६ स्थित मन्दिरमा सरसफाइलगायत कार्य सुरु भएको छ । मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घ–संस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रमा सरसफाइ गरिएको हो ।

अहिले मन्दिरलाई सिँगारिएर चिटिक्क बनाइएको छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ तथा अर्धनारेश्वरसमेत भनिन्छ ।

परिवारमा सुख, समृद्धि प्राप्त हुनाका साथै भय, रोग र विघ्नबाट मुक्त हुने विश्वासका साथ लाग्ने मेलामा यस वर्ष करिब दुई लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

हिन्दु तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको आदिनाथलाई हिन्दु धर्मावलम्बीले शिव शक्तिका प्रतीक र बौद्ध अनुयायीले लोकेश्वर तथा करुणाका प्रतीकका रुपमा पूजाआजा गर्ने चलन छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?