+
+
Shares

कालीगण्डकी नदीमा पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते २१:३१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित कालीगण्डकी नदीमा शनिबार बिहान करिब ४० वर्षका पहिचान नखुलेका पुरुषको शव फेला परेको छ।
  • ढुंगामा अड्किएको शवको प्रहरी टोलीले जाँच र मुचुल्का गरी वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको छ।
  • प्रहरीले मृतकको पहिचान खुलाउन उनलाई चिन्ने आफन्त वा अन्य व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सम्पर्क गर्न आग्रह गरेको छ।

७ कात्तिक, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी नदीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ ।

कालीगण्डकी गाउँपालिका–१ पुलक्यामस्थित नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा शनिबार बिहान शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बिहान करिब ११ बजे अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको हो ।

मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

प्रहरीले घटनास्थलमा शव जाँच, मुचुल्कालगायतका आवश्यक प्रक्रिया पूरा गरी शव वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।

मृतकको पहिचान खुल्न नसकेकाले उनलाई चिन्ने आफन्त वा अन्य व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?