+
+
Shares

दशैंमा सामान्य रह्यो उपत्यकाको सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैं अवधिमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना, सामान्य चोरी र जुवातासबाहेक ठूलो अपराध नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
  • उपत्यकामा चोरीमा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान गरिएको छ भने ६० बोरा पटकाहरू नियन्त्रणमा लिइएको छ।
  • मापसे र लापसे गरी सवारी चलाउने ३५ बढी चालकलाई कारबाही गरिएको र ७ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो।

८ कात्तिक, काठमाडौं । दशैंको अवधिमा काठमाडौं उपत्यकाको सुरक्षा अवस्था सामान्य रह्यो ।

सानातिना तथा छिटपुट घटना बाहेक उपत्यका कुनै ठूलो अपराध नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार सवारी दुर्घटना, सामान्य चोरी, जुवातास बाहेक अन्य ठूलो अपराध काठमाडौं उपत्यकामा भएन ।

उपत्यकामा भएका चोरीमा संलग्न केहीलाई पक्राउ गरेर अनुसन्धान गरिएको छ भने केही अझै पक्राउ पर्न बाँकी नै छन् । दशैंमा धेरैजसो मान्छे गाउँ जाने भएकाले यो मौकामा चोरी हुने सम्भावना अत्यधिक हुन्छ ।

त्यस्तै ६० बोरा जति पटकाहरू पनि नियन्त्रणमा लिइएको छ । तासजुवा र लंगुरबुर्जा खेल्ने खेलाउने केहीलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ ।

मापसे (मादक पदार्थ सेवन), लापसे (लागुपदार्थ सेवन) गरी सवारी चलाउनेलाई निगरानी गर्न नाकाहरूमा चेकिङको व्यवस्था गरिएको थियो ।

यात्रु बाकेर लापसे, मापसे गरी सवारी चलाउने ३५ बढी चालकलाई पनि कारबाही गरिएको उनले बताए । चाडपर्व सुरक्षा योजनाअनुसार उपत्यकामा ७ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?