News Summary
Generated by OK AI. Editorially reviewed.- भाद्र १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको दुई महिनापछि कुशको शव बनाएर अन्त्यष्टि गरिएको छ।
- नेपाली सेनामा कार्यरत भीमदत्त नगरपालिका–८ का चन्दको आइतबार भुजेला आर्यघाटमा अन्त्यष्टि गरी अन्तिम सलामी दिइएको छ।
- ०७० सालमा सेनामा भर्ना भएका अमलदार चन्द रसुवाको शिवनाथ गणको मैलुङ्ग पोस्टमा कार्यरत थिए।
८ कात्तिक, कञ्चनपुर । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ ।
नेपाली सेनामा कार्यरत भीमदत्त नगरपालिका–८ का चन्दको दुई महिनासम्म पनि अत्तोपत्तो नचलेपछि परिवारले कुशको शव बनाएर अन्त्यष्टि गरेको हो ।
०७० सालमा सेनामा भर्ना भइ अमलदार दर्जाको पदमा रहेका उनलाई आइतबार नेपाली सेनाले अन्तिम सलामी दिएर भुजेला आर्यघाटमा अन्त्यष्टि गरिको हो ।
चन्द रसुवाको शिवनाथ गणको मैलुङ्ग पोष्टमा कार्यरत रहँदा भोटेकोशीमा आएको बाढीमा उनी बेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4