+
+
Shares

राष्ट्रवादबारे अर्थमन्त्रीको अभिव्यक्तिमा रास्वपा सांसदको बचाउ, भने– सुझबुझपूर्ण मन्तव्य

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद बदन भण्डारीले भारतको नयाँदिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण रहेको बताएका छन् ।
  • भण्डारीले नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकिएको वाग्लेको भनाइलाई अनावश्यक टीका–टिप्पणी गर्न नहुने धारणा राखे ।
  • उनले सरकारको मुख्य चुनौती महँगी नियन्त्रण रहेको भन्दै ठोस कदम चाल्नुपर्ने बताए ।

८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन भण्डारीले भारतको नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण रहेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा भएको एक साक्षात्कारमा भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइ सुझबुझका साथ आएको बताए ।

अर्थमन्त्री डा. वाग्ले हाल भारत भ्रमणमा छन् ।

भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका थिए ।

‘…हामीले विश्व देखेका छौं, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौं,’ डा. वाग्लेले भनेका थिए, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’

उनको यो अभिव्यक्तिबारे विभिन्न आलोचना भइरहँदा रास्वपा सांसद भण्डारीले भने अर्थमन्त्रीको भनाइलाई अनावश्यक रूपमा टीका–टिप्पणी गर्नुपर्ने जरुरत नभएको धारणा राखेका हुन् ।

फरक प्रसंगमा उनले सरकारले आफ्नो कार्यकालको ६ महिना पार गरिसकेको सन्दर्भ उल्लेख गर्दै वर्तमानको मुख्य चुनौती महँगी नियन्त्रण रहेको जिकिर गरे ।

सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने र महँगी नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?