९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान बरामद गरेको हो ।
समान बेवारिसे अवस्थामा रहेका इलेक्ट्रोनिक सामग्री, महिलाका कपडा तथा किराना सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद सामानलाई आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4